काठमाडौं– चिनियाँ इन्जिनियरहरूले पाकिस्तानमै बसेर भारतविरुद्धको युद्धमा प्राविधिक सहयोग गरेको खुलासा भएको छ ।
चीनको सरकारी सञ्चारमाध्यमका अनुसार चिनियाँ इन्जिनियरहरूले पाकिस्तानमा रहँदै जे–१० सीई लडाकु विमान सञ्चालन र सैन्य उपकरणको व्यवस्थापनमा सहयोग गरेका थिए ।
गत वर्ष पहलगाम आतंकवादी हमलापछि भारतले पाकिस्तानमाथि हमला गरेपछि भएको चार दिने झडपमा चीनको प्रत्यक्ष भूमिका रहेको चर्चा चुलिएको हो ।
पाकिस्तानले चिनियाँ जे–१० सीई विमानमार्फत भारतका रफालसहित पाँच लडाकु विमान खसालेको दाबी गरेको थियो ।
पाकिस्तानी पक्षले चीनमै बनेको पिएल–१५ मिसाइल प्रयोग गरेर करिब २०० किलोमिटर टाढाबाट आक्रमण गरिएको जनाएको छ ।
भारतले भने आधिकारिक रूपमा विमान खसालिएको पुष्टि गरेको छैन, यद्यपि केही भारतीय अधिकारीहरूले क्षति भएको स्वीकार गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्






















