images
images
  • नसिहत भोगेका डीएसपी चन्द डेढ महिनामै ‘पुलिस अफ द मन्थ’

    काठमाडौं– वन्यजन्तु अंग लुकाइएको घटनामा नसिहत कारबाही भोगेका प्रहरी नायव उपरीक्षक (डीएसपी) रणबहादुर चन्द डेढ महिनामै ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् ।

    इलाका प्रहरी कार्यालय मालाखेतीका तत्कालीन प्रमुख चन्दसहित तीन प्रहरी अधिकृतलाई गत चैतमा उक्त प्रकरणमा कैलाली प्रहरीले नसिहत कारबाही गरेको थियो ।

    तर वैशाख महिनाका लागि जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई उत्कृष्ट प्रहरी घोषणा गर्दै बिहीबार सम्मान गरेको हो ।

    कैलाली प्रहरीका अनुसार फरार प्रतिवादी पक्राउ, अवैध नदीजन्य उत्खनन नियन्त्रण, लागूऔषध तथा काठ बरामद, घरेलु मदिरा नष्ट र समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालनमा सक्रिय भूमिका खेलेको आधारमा उनलाई सम्मान गरिएको हो ।

    तर नसिहत कारबाहीपछि छोटो समयमै पुनः ‘पुलिस अफ द मन्थ’ बनाइनुमा कैलाली प्रहरीको निर्णयमाथि प्रश्न उठेको छ ।

    उनी हाल डोटी जिल्ला प्रहरी कार्यालयमा सरुवा भइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images