images
images
  • अफगानिस्तानमा बाढीका कारण १० जनाको मृत्यु

    काठमाडौं– उत्तरी अफगानिस्तानको बघलान प्रान्तका अधिकाशं जिल्लाहरूमा भारी वर्षा पछि आएको बाढीका कारण महिला तथा बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय मिडियालाइृ उदृत गर्दै टोलो न्यूजले शुक्रबार रिपोर्ट गरेको छ ।

    वर्षाका कारणले एक सय भन्दा बढी आवासीय घरहरू क्षेतिग्रस्त बनाउनुका साथै कृषि जमिन डुबानमा परेको जनाइएको छ ।

    जसले प्रान्तको ग्रामीण अर्थतन्त्रलाई गम्भीर चोट पुर्याएको प्रान्तीय विपद् व्यवस्थापन अधिकारीका प्रमुख हेडायतुल्लाह हम्दर्दलाई उद्धृत गर्दै मिडियाले जनाएका छन् ।

    यसै गरी बुधबार राति भएको छुट्टै मौसमी घटनामा दक्षिणी कान्दाहार प्रान्तमा तीन जनाको मृत्यु भएको हुनुका साथै अन्य छ जना घाइते भएको जनाइएको छ ।

    अफगानिस्तानका केही भागहरूमा विगत केही दिन देखि भारी वर्षा, आँधीबेहरी, गर्जन र बिजुलीको चपेटामा परेको जनाइएको छ ।

    अफगानीस्तानको मौसम विभागले आगामी दिनमा निरन्तर वर्षाको चेतावनी जारी गरेको छ भने कमजोर क्षेत्रहरूमा थप बाढीको चिन्ता बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images