images
images
  • अध्यक्ष ओलीको राजीनामा माग्ने तयारीमा पदाधिकारी

    काठमाडौं– नेकपा (एमाले)भित्र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वबारे असन्तुष्टि बढ्दै गएको छ ।

    पार्टीका केही पदाधिकारीहरूले ओलीको राजीनामा माग्ने तयारी गरेको स्रोतहरूले जनाएका छन् ।

    पार्टी पुनर्गठनको पक्षमा उभिएका नेताहरूले अब नेतृत्व परिवर्तनको बहसलाई औपचारिक रूपमा अघि बढाउने तयारी गरेका छन् ।

    एक पदाधिकारीका अनुसार, अध्यक्ष ओलीले असन्तुष्ट नेताहरूमाथि कारबाही गर्ने संकेत दिएपछि त्यसको प्रतिवाद कसरी गर्ने भन्नेबारे आन्तरिक छलफल भएको हो ।

    ती नेताहरूले जेन–जी आन्दोलनपछि पार्टी किन रक्षात्मक अवस्थामा पुगेको र पछिल्ला निर्वाचनमा एमालेले किन अपेक्षित नतिजा ल्याउन नसकेको भन्नेबारे नेतृत्वसँग स्पष्ट जवाफ माग्ने तयारी गरेका छन् ।

    पार्टीभित्रको निष्कर्ष अनुसार अब पुनर्गठनबिना विकल्प नरहेको धारणा बलियो बन्दै गएको छ ।

    केही शीर्ष पदाधिकारी नै नेतृत्व विकल्पबारे खुल्न थालेपछि पुनर्गठनको माग झनै सशक्त बनेको बताइएको छ ।

    पदाधिकारीहरूको भनाइमा, ओली नेतृत्वका कतिपय निर्णयका कारण पार्टीले राजनीतिक क्षति बेहोर्नु परेको र जनतामाझ कमजोर हुँदै गएको छ ।

    ‘अब पनि यही नेतृत्वमा पार्टी अघि बढ्ने हो भने त्यसको अर्थ रहँदैन,’ एक नेताले भने, ‘हामी उहाँलाई सम्मानपूर्वक नेतृत्वबाट बिदा हुन आग्रह गर्नेछौँ । त्यसका कारण कारबाही भए पनि हामी आफ्नो अडानमा पछि हट्दैनौँ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images