images
images
  • गैरकानुनी रूपमा डाक्टर लेख्नेलाई ३ वर्षसम्म कैद

    काठमाडौं– नेपाल मेडिकल काउन्सिलले गैरकानुनी रूपमा ‘डाक्टर’ उपाधि प्रयोग गर्नेमाथि कडा कारबाही गर्ने भएको छ ।

    काउन्सिलले दर्ता नभई नाम अगाडि ‘डा.’ वा ‘चिकित्सक’ लेख्ने व्यक्तिलाई १५ दिनभित्र हटाउन निर्देशन दिँदै ‘जिरो टोलरेन्स’ नीति अपनाएको छ ।

    सूचना अनुसार अस्पताल, क्लिनिक र सामाजिक सञ्जालमा गैरचिकित्सकले डाक्टर उपाधि प्रयोग गरी उपचार, परामर्श वा औषधि सिफारिस गरे जनस्वास्थ्यमा असर परेको भन्दै निगरानी कडा बनाइनेछ ।

    अनुगमन टोलीले दर्ता बिना यस्तो अभ्यास गर्ने भेटिएमा नेपाल मेडिकल काउन्सिल ऐन, २०२० अनुसार मुद्दा चलाइने र दोषी ठहरिए तीन वर्षसम्म कैद, तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने काउन्सिलले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images