images
images
  • सातै प्रदेशमा सरकार फेरबदल गर्दै कांग्रेस–एमाले

    काठमाडौं– कांग्रेस–एमाले सातै प्रदेश सरकार फेरबदलको तयारीमा जुटेका छन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालयमा कांग्रेससँग निर्णायक संवाद हुने जानकारी दिएका छन् ।

    नयाँ समीकरणमा कांग्रेसले ४ प्रदेशको नेतृत्व दाबी गरेको छ भने नेकपाले सुदूरपश्चिमसहित तीनदलीय सहकार्यको प्रस्ताव अघि सारेको छ ।

    कांग्रेस–एमालेबीच बजेटअघि वा पछि सरकार परिवर्तन गर्नेबारे छलफल जारी छ ।

    कांग्रेस सभापति गगन थापा नेतृत्व आएपछि कोशी र कर्णालीमा पनि कांग्रेसको दाबी बलियो बनेको छ ।

    एमालेले भने कांग्रेससँग सहकार्यलाई प्राथमिकता दिँदै नेकपालाई समेत सरकारमा सहभागी गराउने सम्भावना खुला राखेको छ ।

    मंगलबार गुण्डुमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री उदय शमशेर जवराले ओलीसँग भेटेर प्रदेश सरकारको आलोपालो नेतृत्वबारे छलफल गरेका थिए ।

    नेताहरूका अनुसार आज–भोलिमै सातै प्रदेशको नयाँ सत्ता समीकरणबारे टुंगो लाग्न सक्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images