images
images
  • पश्चिम बंगाल चुनावी परिणामले निम्त्यायो हिंसा : शुभेन्दुका पिए चन्द्रनाथको गोली हानी हत्या

    काठमाडौं– पश्चिम बंगालमा चुनावी नतिजापछि देखिएको तनावबीच भारतीय जनता पार्टी (भाजपा)का नेता शुभेन्दु अधिकारीका निजी सहायक चन्द्रनाथ रथको गोली हानी हत्या भएको छ ।

    घटना कोलकाता नजिकैको मध्यमग्राम क्षेत्रमा बुधबार राति भएको बताइएको छ ।

    प्रहरीका अनुसार आक्रमणकारीले रथ सवार गाडीमा गोली चलाएका थिए ।

    घटनास्थलबाट गोलीका खोका बरामद गरिएको छ भने प्रयोग गरिएको गाडी नियन्त्रणमा लिइएको छ, जसको नम्बर प्लेट नक्कली भएको खुलेको छ ।

    भाजपाले घटनालाई ‘पूर्वनियोजित हत्या’ भन्दै कडा प्रतिक्रिया दिएको छ ।

    शुभेन्दु अधिकारीले यसलाई राज्यमा ‘जंगलराज’ को परिणाम भन्दै केही दिनदेखि निगरानी भइरहेको दाबी गरेका छन् ।

    यता तृणमूल कंग्रेस (टीएमसी)ले घटनाको निन्दा गर्दै निष्पक्ष अनुसन्धानको माग गरेको छ र सीबीआई जाँचको माग समेत उठाएको छ ।

    ४१ वर्षीय चन्द्रनाथ रथ पूर्व वायुसेना अधिकारी थिए र पछि राजनीतिमा सक्रिय बनेका थिए ।

    उनी अधिकारीको निकट सहयोगीका रूपमा बंगाल राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए ।

    घटनापछि पश्चिम बंगालमा राजनीतिक तनाव फेरि चर्किएको छ ।

    दुवै दलले एकअर्कामाथि आरोप लगाउँदै सुरक्षा अवस्थाबारे प्रश्न उठाएका छन् ।

    विश्लेषकहरूले भने राज्यमा चुनावपछि देखिने हिंसात्मक घटनाको पुरानो प्रवृत्ति फेरि दोहोरिएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images