images
images
  • मधेसी दलबीच खैलाबैला : नेताहरू तीनतिर, कोही बैठकमा अनुपस्थित, केही मोर्चाबाट बाहिरिए

    काठमाडौं– तराई–मधेस केन्द्रित दलहरू मिलेर बनेको संघीय लोकतान्त्रिक मोर्चा गम्भीर संकटमा परेको छ ।

    मोर्चाको नेतृत्व जसपा नेपालका संरक्षक महन्थ ठाकुरले गरे पनि अधिकांश घटक दलहरूको सहभागिता कमजोर बन्दै गएको छ ।

    बैठकहरू नियमित भए पनि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी नहुने, नागरिक उन्मुक्ति पार्टी नेपाल मोर्चाबाट अलग भइसकेको, तमलोपा पनि निष्क्रिय बनेको र जनमत पार्टीका अध्यक्ष सीके राउतको उपस्थिति अनियमित रहेको देखिन्छ ।

    मोर्चाभित्र जसपा नेपाल र लोसपा नेपालबीचको एकता प्रक्रिया टुंगिन नसक्दा अन्य दलहरूसँगको एकता अघि बढ्न सकेको छैन ।

    नेतृत्व कसले गर्ने भन्ने विषयमा विवाद चर्किँदा एकता प्रक्रिया समेत अवरुद्ध भएको नेताहरूको भनाइ छ ।

    यसैबीच, नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले मोर्चामा बस्नुको औचित्य कमजोर बन्दै गएको बताएका छन् ।

    उनले आफू औपचारिक रूपमा बाहिर ननिस्किए पनि व्यवहारिक रूपमा मोर्चा छाडिसकेको संकेत गरेका छन् ।

    उनका अनुसार पुरानो ढाँचामा राजनीति चल्न नसक्ने भन्दै नयाँ नेतृत्व र कार्यदिशा आवश्यक छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images