images
images
  • शिवपुरी जंगलमा गाडेको अवस्थामा शव फेला, एकजना पक्राउ

    काठमाडौं-शिवपुरी राष्ट्रिय निकुञ्जभित्र एक महिलाको शव गाडेको अवस्थामा फेला परेको छ । टोखा नगरपालिका–१, शिवपुरीको जंगलभित्र महिलाको शव फेला परेको हो ।

    जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार, शव तारकेश्वर नगरपालिका–३, तीनपिप्लेकी ४५ वर्षीया सरिता तिवारीको भएको खुलेको छ ।

    उनी वैशाख ११ गतेदेखि हराएको खुलेको हो । प्रहरीले सरिताको हत्याको आशंकामा टोखाकै अनिल डंगोललाई पक्राउ गरेको छ । उनीमाथि प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको छ ।

    प्रहरीको अनुसन्धानका क्रममा तिवारी र अनिल एक वर्षदेखि सम्पर्कमा रहेको खुलेको छ । अनिलले शिवपुरी जंगलमै सरिताको हत्या गरेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images