images
images
  • कांग्रेस गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा बराल

    गण्डकी– गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी प्रदेश सभा सदस्य प्रकाश बरालले पाएका छन् ।

    नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा, ११ को उपधारा १ बमोजिम उनलाई नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता एवम् मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

    बराल यसअघि सचेतकको जिम्मेवारीमा रहेका थिए ।

    यसअघि प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपाने रहेकोमा उनी ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री बनेपछि रिक्त पदमा बराललाई जिम्मेवारी दिइएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images