काठमाडौं– उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’ सम्बन्धी मुद्दामा चलचित्र जाँच (सेन्सर) प्रक्रियासँग जोडिएका कागजात झिकाउन आदेश दिएको छ ।
अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार प्रदर्शन अनुमति दिने केन्द्रीय चलचित्र जाँच समितिको सक्कल फाइल माग गरिएको हो ।
न्यायाधीशद्वय गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासमा मंगलबार सुनुवाइ भएको थियो ।
यसअघि २२ गतेसम्मका लागि दिइएको प्रदर्शन रोक आदेश बुधबारसम्म कायम राखिएको छ भने मुद्दामा थप छलफलका लागि बुधबार पेसी तोकिएको छ ।
यसअघि १५ वैशाखमा अदालतले अन्तरिम आदेश जारी गर्दै फिल्म प्रदर्शन रोक्न भनेको थियो ।
रोशनी नेपालीले फिल्मका केही दृश्य र संवादमा आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन् ।
यम थापा निर्देशित ‘लालीबजार’ १८ वैशाखदेखि प्रदर्शनमा आउने तयारीमा थियो, तर अदालतको आदेशपछि प्रदर्शन रोकिएको छ ।


विश्व खबर 




















