images
images
  • सिके रावत नेतृत्वको जनमत मधेश सरकारबाट बाहिरियो

    जनकपुरधाम– कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएको छ ।

    संसदीय दलको नेता हेरफेरसँगै जनमतले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

    बहुमत सांसदले सरकारबाट बाहिरिने निर्णयसँगै संसदीय दलको नेता समेत परिवर्तन गरेको थियो ।

    अध्यक्ष सीके राउतले महेशप्रसाद यादवलाई दलको नेताबाट हटाएर चन्दनकुमार सिंहलाई तोकेको पत्रसमेत थमाएका छन् ।

    नवनियुक्ति नेता सिंह भर्खरै प्रदेश प्रमुखसँग पुगेर सरकरामाथि समर्थन फिर्ताको पत्र बुझाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images