images
images
  • जनमत मधेश प्रदेश संसदीय दलको नेतामा सिंह, यादवलाई बाइपास

    काठमाडौं– जनमत पार्टीले मधेश प्रदेश संसदीय दलको नेता महेश प्रसाद यादवलाई जिम्मेवारीबाट हटाएको छ ।

    उनको सट्टा चन्दन कुमार सिंहलाई संसदीय दलको नेताको जिम्मेवारी दिइएको छ ।

    यो जानकारी जनमत पार्टीका अध्यक्ष सीके राउतले विज्ञप्तिमार्फत् दिएका हुन् ।

    उनले सोमबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘आजैको मितिदेखि लागू हुने गरी जनमत पार्टी मधेश प्रदेश संसदीय दलको नेताको रुपमा श्री चन्दनकुमार सिंहलाई तोकी जिम्मेवारी हेरफेर गरिएको व्यहोरा जानकारी गराउँदछौं ।’

    सिंह प्रमुख सचेतकको जिम्मेवारीमा थिए ।

    उनी पार्टी महासचिव समेत हुन् ।

    मधेशमा वर्तमान सरकारलाई दिइएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा जनमत भित्र विवाद छ ।

    सिंहको नेतृत्वमा जनमतका बहुमत प्रदेश सांसदहरूले हिजो मधेश सरकारको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई बुझाएका थिए ।

    त्यसको १२ घण्टापछि नेता यादवले भने समर्थन कायमै रहेको पत्र बुझाएका थिए ।

    Janamat

    प्रतिक्रिया दिनुहोस्
    images
    images