काभ्रेपलाञ्चोक- बाढीको सम्भावित जोखिमका बीच प्रहरीको निर्देशन अवज्ञा गर्दै सवारी चलाउने पाँच माइक्रोबस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार यात्रुको जीउधन जोखिममा पारेर लापरबाहीपूर्वक सवारी चलाएको आरोपमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।
अविरल वर्षाका कारण रोशी खोलाको बहाव बढेपछि बीचमा फसेका पाँच माइक्रोबसमा रहेका ८९ यात्रुलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले राति उद्धार गरी सुरक्षित गन्तव्यमा पुर्याएको थियो ।
प्रहरीले वर्षायाममा विशेष सावधानी अपनाउन, यात्रा अघि सूचना लिन र सुरक्षाकर्मीको निर्देशन पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्























