काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँसँग सम्बन्धित घर र कार्यालयहरूमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ भन्ने जानकारी सार्वजनिक भएको छ ।
स्रोतका अनुसार विभागले आज काठमाडौंको नक्सालस्थित कार्यालय, सुन्धारास्थित कार्यालय तथा हेटौंडास्थित निवास र कार्यालयमा छापा मारेको हो ।
बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश सभापति, बागमती प्रदेश संसदीय दलका नेता तथा हालका मुख्यमन्त्री समेत हुन् ।
प्रतिक्रिया दिनुहोस्























