काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचार गर्न सरकारलाई फिर्ता पठाएका छन्।
राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। यसअघि पनि सोही विषयको विधेयक र अध्यादेश दुई पटक फिर्ता भइसकेको स्मरण गराउँदै राष्ट्रपतिले पुनः पुनर्विचार गर्न आग्रह गरेका हुन्।
अध्यादेशमा बहुमतीय प्रणालीबाट नियुक्ति गर्ने व्यवस्था नहुँदा असहमति जनाउँदै पटक–पटक फिर्ता गरिएको स्रोतले जनाएको छ।
सरकारले प्रधानमन्त्रीसहित ३ जनाको निर्णयलाई अन्तिम मान्ने प्रावधान राखेको थियो, जुन संविधान र प्रचलित कानुन विपरीत रहेको भन्दै राष्ट्रपतिले आपत्ति जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्























