images
images
  • यात्रा गर्दै हुनुहुन्छ ? सावधान ! यी सडकहरू छन् अवरुद्ध (सूचनासहित)

    काठमाडौं– देशका विभिन्न जिल्लामा आएको अविरल वर्षासँगै पहिरो र बाढीका कारण प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन् ।

    आइतबार बिहान ७ः३० बजेसम्मको विवरणअनुसार बागमतिदेखि कोशी र गण्डकी प्रदेशसम्मका सडकहरू प्रभावित भएका हुन् ।

    उपत्यकाअन्तर्गत पाँडुगे क्षेत्रमा गएको पहिरोले कान्तिलोकपथ पूर्णरूपमा अवरुद्ध भएको छ ।

    सडक अवरुद्ध हुँदा सवारी आवागमन पूर्णरूपमा ठप्प बनेको छ ।

    कोशी प्रदेशतर्फ भोजपुर जिल्लामा आएको बाढीले भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रको मध्यपहाडी लोकमार्ग प्रभावित बनेको छ ।

    उक्त सडकखण्डमा वैकल्पिक बाटोमार्फत एकतर्फी सवारी सञ्चालन भइरहेको जनाइएको छ ।

    यस्तै, बागमती प्रदेशका विभिन्न जिल्लामा पनि पहिरोले सडक अवरुद्ध बनाएको छ ।

    सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित इदु पहिरो क्षेत्रमा अरनिको राजमार्ग पूर्ण रूपमा बन्द रहेको छ ।

    त्यस्तै, मकवानपुरको भीमफेदी गाउँपालिका–८ भैंसेखण्डामा आएको पहिरोले कान्तिलोकपथ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    गण्डकी प्रदेशमा पनि पहिरोको प्रभाव देखिएको छ ।

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलजले क्षेत्रमा बेनी–जोमसोम सडकखण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।

    साथै, लमजुङको मध्यनेपाल नगरपालिका–१० बिपीचोक क्षेत्रमा गएको पहिरोले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    प्रहरी तथा सम्बन्धित निकायहरूले सडक खुलाउने प्रयास जारी रहेको बताएका छन् ।

    यात्रुहरूलाई अत्यावश्यक बाहेक लामो दूरीको यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

    लगातार वर्षा भइरहेकाले थप जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।

    सूचना :

    685647808 1283856437210210 1293064482623864458 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images