images
images
  • पेस्तोल र लागुऔषधसहित चारजना पक्राउ

    काठमाडाैं। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टाेलीले एक थान पेस्तोल, म्यागेजिन र लागुऔषधसहित चारजनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–५ का २३ वर्षीय कविर देउला, ४२ वर्षीया सविना पोडे, २६ वर्षीय संसार सिटौला र ललितपुर गोदावरी नगरपालिका–११ का २६ वर्षीय सुवास शाही रहेको लागुऔषध नियन्त्रण  लिएकाे प्रहरीले जानकारी दिएकाे छ ।

    काठमाडौंका विभिन्न स्थानबाट हाम्रो टोलीले एक थान पेस्तोल, म्यागेजिन, गोली र लागुऔषध ट्रामाडोलसहित चारजनालाई पक्राउ गरेको छ । उनीहरूका बारेमा अनुसन्धान भइरहेको छ।

    पक्राउ परेकाहरूको साथबाट प्रहरीले पेस्तोल एक थान, सोही पेस्तोलको म्याग्जिन तीन थान, सोही पेस्तोलको गोली चार राउन्ड, एसएलआर हतियारको गोली दुई राउन्ड र नियन्त्रित लागुऔषध ट्रामाडोल १६ हजार ७५० ट्याब्लेट प्रहरीले बरामद गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images