images
images
  • सरकारले सुकुम्बासीमाथि अमानवीय व्यवहार गर्‍याे : नारायणकाजी श्रेष्ठ

    काठमाडौं– नेकपा नेता तथा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुकुम्बासी बस्ती हटाउने सरकारी डोजर अभियानलाई दमनकारी र जनविरोधी भन्दै कडा आलोचना गरेका छन्।

    उनले सुकुम्बासीलाई वैकल्पिक बसोबासको व्यवस्था नगरी हटाउनु अन्यायपूर्ण र अमानवीय भएको बताएका छन्। श्रेष्ठले संविधानले दिएको आवास अधिकार सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै वास्तविक सुकुम्बासीको पहिचान गरी व्यवस्थित पुनर्वास गर्नुपर्नेमा जोड दिएका छन्।

    नक्कली सुकुम्बासीलाई भने कानुनी प्रक्रियाबाट हटाउन सकिने उनको भनाइ छ। सरकार र स्थानीय तहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले दीर्घकालीन समाधानका लागि वैज्ञानिक र सम्मानजनक व्यवस्थापन आवश्यक रहेको बताएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images