images
images
  • बल्खुमा डोजर पुग्यो, धमाधम सामान सार्न व्यस्त बासिन्दा

    काठमाडौं– अतिक्रमित तथा नदीकिनारका सुकुम्बासी बस्ती हटाउने अभियानअन्तर्गत दोस्रो चरणमा आजदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा डोजर परिचालन गरिएको छ।

    बल्खु क्षेत्रमा डोजर पुगेको छ भने प्रहरीको कडा सुरक्षा व्यवस्थाबीच स्थानीयवासी सामान सार्ने क्रम अझै जारी छ।

    जिल्ला प्रशासन कार्यालयले यसअघि नै बस्ती खाली गर्न अल्टिमेटम दिएको थियो। आज टेकु, वंशीघाट, शंखमूल, बुद्धनगर, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु र माछापोखरीलगायत क्षेत्रमा संरचना हटाइँदैछ।

    यसअघि पहिलो चरणमा सिनामंगल, शान्तिनगर, मनोहरा र थापाथलीका बस्ती खाली गरिसकिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images