काठमाडौं- मधेस प्रदेशका गृहमन्त्री फकिरा महतोले रौतहटका अतिक्रमित जग्गा तत्काल खाली गराउन निर्देशन दिएका छन् ।
सार्वजनिक जग्गाका केही क्षेत्रमा अनुगमन गरेका उनले जिल्लाभर अतिक्रमित जग्गा तत्काल खाली गराउन रौतहटका प्रमुख जिल्ला अधिकारी, डिभिजन वन अधिकृत, सुरक्षा निकायका प्रमुख, वाग्मती सिँचाइ आयोजनाका प्रमुखलाई निर्देशन दिएका हुन् ।
उनले रौतहट जिल्लाका सबै अतिक्रमित सार्वजनिक जग्गा खाली गर्ने प्रक्रियाको आफैँले अनुगमन र रिपोर्टिङ गर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्























