images
images
  • वीपी राजमार्ग अवरुद्ध

    काठमाडाैं। वीपी राजमार्ग फेरी पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    मंगलबार काभ्रेका विभिन्न ठाउँमा ठूलो पानी परेकाले रातिदेखिनै वीपी राजमार्ग अवरुद्ध भएको हो ।

    तीन दिनपछि सोमबारदेखि खुलेको राजमार्गमा मंगलबार ठूलो पानी परेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि गाडी आवतजावतमा पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    मौसममा सुधार आई सडक मार्गमा कुनै अवरोध नभएको अवस्थामा अर्को सूचना प्रकाशन गरी बाटो सञ्चालन भएको जानकारी गराउने पनि काभ्रे प्रहरीले जानकारी गराएकाे हाे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images