images
images
  • नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

    काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठलाई पक्राउ गरेको छ।

    सीआईबीले उनलाई कागेश्वरी मनोहरा–५ बाट नियन्त्रणमा लिएकाे हाे ।

    बिमा ऐन २०७९ को दफा १४० (१)(छ) अनुसारको कसुरमा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ।

    बिमा व्यवसाय सञ्चालनका क्रममा अनियमितता वा आर्थिक दुरुपयोग गरेको आशंकामा बिमा प्राधिकरणको पत्रका आधारमा अदालतको अनुमति लिएर पक्राउ गरिएको हो।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images