images
images
  • ठमेलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

    काठमाडौं – काठमाडौं महानगरपालिका–२६ ठमेलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

    मंगलबार ठमेल पक्नाजोलस्थित सडकमा बा ३ क २३३९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री ठमेलमा डेरा गरी बस्ने बारा निजगढ नगरपालिका–१३ का ४० वर्षीय किरण घलानको मृत्यु भएको हो ।

    ठक्करबाट गम्भीर घाइते भएका घलानको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images