काठमाडौं– चलचित्र ‘लालीबजार’को प्रदर्शन तत्कालका लागि रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले २२ वैशाखसम्म प्रदर्शन स्थगित गर्न आदेश जारी गरेको सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए ।
वादी समुदायकी रोशनी नेपालीले चलचित्रका केही शब्दप्रति आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन् ।
यम थापा निर्देशित फिल्म १८ वैशाखदेखि प्रदर्शनमा आउने तयारीमा थियो ।
षट्कोण आर्टसद्वारा निर्मित यो फिल्म वादी समुदायका महिलाको संघर्षमा आधारित छ ।
यसअघि सोमबार मात्रै केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई युनिभर्सल प्रमाणपत्र दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















