images
images
  • भीम रावलले नेकपाको सुदूरपश्चिम इञ्चार्ज बन्न मानेनन् किन ?

    काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी आफूलाई परामर्श बिना दिइएको भन्दै असन्तुष्टि जनाएका छन् ।

    उनले सामाजिक सञ्जालमा सबै प्रदेशमा युवा पुस्तालाई जिम्मेवारी दिइँदा सुदूरपश्चिममा मात्र बुढा पुस्तालाई इन्चार्ज बनाइएको भन्दै असन्तुलन भएको टिप्पणी गरेका छन् ।

    उनका अनुसार सो प्रदेशमा पनि युवा पुस्तालाई नै इन्चार्ज बनाउनु उपयुक्त हुने थियो ।

    नेकपाले सोमबार सुदूरपश्चिम इन्चार्जमा भीम रावल, सहइन्चार्जमा भानुभक्त जोशी, रञ्जिता श्रेष्ठ र खगराज भट्टलाई चयन गरेको थियो ।

    त्यस्तै प्रदेश संयोजकमा हरिराम चौधरी र सहसंयोजकमा लालबहादुर खड्का तोकिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images