images
images
  • व्यवसायी सुलभ अग्रवाललाई थुनामा राख्नुपर्ने कारण पेस गर्न सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी सुलभ अग्रवाललाई थुनामा राख्नुको कानुनी आधार स्पष्ट गर्न सम्बन्धित निकायलाई आदेश दिएको छ।

    बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले यस्तो आदेश जारी गरेको हो। उक्त निवेदन सुलभका पिता शंकरलाल अग्रवालले दायर गरेका थिए।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चैत २२ गते सुलभ अग्रवाललाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको थियो। इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपबीच भएको भनिएको शंकास्पद वित्तीय कारोबारसँग सम्बन्धित अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको हो।

    साेही प्रकरणमा शंकर ग्रुपका अध्यक्ष तथा सुलभका पिता शंकरलाल अग्रवाललाई पनि काठमाडौँबाट नियन्त्रणमा लिइएको भए पनि पछि हाजिरी जमानीमा रिहा गरिएको जानकारी छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images