images
images
  • अमेरिकी हेलिकोप्टर सहयोग प्रस्ताव पुनर्विचार गर्न सेनाको आग्रह

    काठमाडाैं- नेपाली सेनाले अमेरिकाले प्रस्ताव गरेको करिब १०० मिलियन डलर बराबरका ६ वटा हेलिकोप्टर सहयोगसम्बन्धी प्रस्ताव पुनर्विचार गर्न आग्रह गरेको छ।

    यसअघिको सरकारका पालामा आएको उक्त प्रस्तावलाई वर्तमान आवश्यकताअनुसार परिमार्जन गर्न सेनाले संयुक्त राज्य अमेरिका सँग आग्रह गरेको हो।

    सेनाका अनुसार अहिले दुईवटा साना हेलिकोप्टर मात्र आवश्यक रहेको र थप रूपमा चारवटा जहाज आवश्यक पर्ने भएकाले प्रस्तावमा संशोधन आवश्यक देखिएको हो। यस विषयमा दुवै देशका परराष्ट्र मन्त्रालयका अधिकारीहरू तथा नेपाली सेनाबीच छलफल भइरहेको छ।

    यसअघि नै दुईवटा हेलिकोप्टर सहयोगसम्बन्धी सम्झौता भइसकेको छ, जसअन्तर्गत ती हेलिकोप्टर आगामी वर्ष नेपाल आइपुग्ने अपेक्षा गरिएको छ। उक्त सहयोग तत्कालीन अमेरिकी उप–विदेशमन्त्री रिचर्ड बर्मा को नेपाल भ्रमणका क्रममा घोषणा गरिएको थियो।

    उद्धार तथा विकास निर्माणका कार्यलाई सुदृढ बनाउन थप जहाज आवश्यक रहेको जनाउँदै सेनाले प्रस्ताव पुनर्विचार गर्न आग्रह गरेको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images