images
images
  • एक आरोहीको दुई दिनपछि सकुशल उद्धार

    काठमाडाैं – म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमाल आरोहणका क्रममा लडेर घाइते भएका एक आरोहीको दुई दिनपछि सकुशल उद्धार गरिएको छ।

    आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालको सफल आरोहण गरेर फर्कने क्रममा शुक्रबार बिहान चुचुरो नजिकबाट चिप्लिएर करिब चार सय मिटर तल खस्दा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय मिङ्मा तेन्जि शर्मा गम्भीर घाइते भएका थिए।

    उनलाई उद्धार गरेर आज उपचारका लागि काठमाडौँ पठाइएको उद्धारमा संलग्न १४ समिट एक्स्पिडिसनका फुरु तेन्जि शेर्पाले जानकारी दिए।  उपचारपछि उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images