काठमाडौं । धादिङको गजुरी गाउँपालिका–आदमघाट नजिक माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्।
काठमाडौंबाट पोखरा जाँदै गरेको बा–प्रदेश–०१–००६ ख ७२२१ नम्बरको माइक्रोबस पृथ्वी राजमार्गअन्तर्गत सडकमा पल्टिएको हो।
दुर्घटनामा ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाइएको छ भने अन्य ७ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
प्रहरीका अनुसार वर्षा भइरहेको बेला माइक्रोबस अनियन्त्रित भई सडकमा पल्टिएको हो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्























