images
images
  • देशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षा, पश्चिमी–स्थानीय वायु पूर्वी क्षेत्रमा विकसित

    काठमाडौं– देशका विभिन्न भू–भागमा आइतबार दिउँसो मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा पानी परेको छ, जसको प्रभाव काठमाडौंमा पनि देखिएको छ ।

    हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी क्षेत्रमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण वर्षा भइरहेको हो ।

    उक्त प्रणाली पूर्वतिर सर्दै गइरहेकोले अझै केही क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images