images
images
  • नेपाली श्रमिकलाई म्यानमार, थाइल्याण्ड जस्ता देशमा नजान आग्रह, युद्धरत इजरायल पठाउन मरिहत्ते

    काठमाडौं– बैंककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ ।

    उद्धार गरिएका सबै स्वदेश फर्केका छन् ।

    विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानुनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको हो ।

    उक्त दूतावासका अनुसार आकर्षक रोजगारी पाइने विश्वासमा सन् २०२१ मा १०१, २०२२ मा एक हजार ९७७, सन् २०२३ मा दुई हजार ९४०, सन् २०२४ मा छ हजार ४०४ तथा सन् २०२५ मा नौ हजार ६७६ जना नेपाली कम्बोडिया पुगेका थिए ।

    साथै दूतावासले श्रम स्वीकृति नलिइ कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड नजान अनुरोध गरेको छ ।

    बालेन सरकारले युद्धरत इजरायलमा उठाउन श्रम स्वीकृत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images