images
images
  • प्रम बालेन र प्रदेश मुख्यमन्त्रीबीच छलफल हुँदै

    काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले पदभार सम्हालेपछि पहिलोपटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै छन् ।

    बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

    बैठकमा विकास निर्माणलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशका प्रशासनिक र आर्थिक समस्या समाधान गर्ने विषयमा छलफल हुने छ ।

    त्यस्तै, राष्ट्रिय प्राथमिकताका योजनाको प्रभावकारी कार्यान्वयनका लागि केन्द्र–प्रदेश सहकार्यलाई सुदृढ बनाउने विषय पनि एजेन्डामा समावेश छ ।

    देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाह सुधार र सुशासन प्रवर्द्धनबारे साझा समझदारी बनाउने प्रयास हुने अपेक्षा गरिएको छ ।

    बैठकलाई संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउँदै जनतामा प्रत्यक्ष लाभ पुर्‍याउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images