काठमाडौं– नेपाली कांग्रेस गण्डकी प्रदेश सभा सदस्य दोर्णकुमार कुँवरले राजीनामा दिएका छन् ।
आजैदेखि लागू हुने गरी उनले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका हुन् ।
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठन भएको दिन नै उनले मन्त्री पद नपाएपछि असन्तुष्ट हुँदै राजीनामा दिएको बुझिएको छ ।
राजीनामा पत्रमा उनले आफूलाई विश्वास गरेर मत दिने मतदाता, शुभचिन्तक, पार्टी नेतृत्व तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै कार्यकाल पूरा गर्न नसकेकोमा क्षमा मागेका छन् ।
सार्वजनिक पदमा नरहे पनि जनसेवामा सक्रिय रहने प्रतिबद्धता उनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्























