images
images
  • मन्त्रिपरिषद् पुनर्गठन : को–को बने नयाँ मन्त्री ?

    गण्डकी– गण्डकी प्रदेशमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार मध्याह्न नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।

    गण्डकी प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले) सम्मिलित सरकार रहेको छ ।

    मन्त्रिपरिषद् हेरफेर गर्ने सहमतिअनुसार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र एमाले संसदीय दलका नेता खगराज अधिकारीबीच समझदारी भएपछि नयाँ मन्त्रीहरू नियुक्त भएका हुन् ।

    मुख्यमन्त्री कार्यालयका अनुसार कांग्रेसबाट जित शेरचन आर्थिक मामिला मन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा तथा खानेपानी मन्त्री, रेखा गुरुङ सामाजिक विकास मन्त्री र नम्दु गुरुङ वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् ।

    त्यसैगरी एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री र भीम कार्की स्वास्थ्य मन्त्री बनेका छन् ।

    उनीहरूलाई नेपाल पर्यटन बोर्ड को कार्यालयमा आयोजित कार्यक्रममा शपथ ग्रहण गराइएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images