images
images
  • यस्तो छ सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा

    काठमाडौं– सरकारले शासकीय सुधारका लागि १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा सार्वजनिक गर्दै राजनीतिक दल तथा सरोकारवालाबाट सुझाव र प्रतिक्रिया आह्वान गरेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको मस्यौदामा आर्थिक स्थायित्व, कृषि आत्मनिर्भरता, पर्यटन, उर्जा, खानी तथा पूर्वाधार विकासजस्ता क्षेत्र समेटिएका छन् ।

    त्यसैगरी रोजगारी, शिक्षा–स्वास्थ्य, वन–वातावरण, सुशासन र भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार, डिजिटल सुशासन र प्रविधि पनि प्राथमिकतामा राखिएको छ ।

    सामाजिक न्याय, अन्तर्राष्ट्रिय सम्बन्ध, डायस्पोराको उपयोग, खेलकुद, विपद् व्यवस्थापन, सहकारी र लघुवित्त क्षेत्रसमेत मस्यौदामा समावेश गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images