images
images
  • इरानका सशस्त्र बल प्रमुखको अमेरिकालाई चेतावनी, आक्रमण भए कडा जवाफ दिने

    काठमाडौं– इरानका सशस्त्र बलका प्रमुखले अमेरिक र इजरायललाई इरानमाथि आक्रमण नगर्न चेतावनी दिएका छन् । इरानी सशस्त्र बलका प्रमुख अली अब्दोल्लाहीले शत्रुपक्षबाट हुने कुनै पनि धम्की वा आक्रमणको निर्णायक र कडा जवाफ दिने बताएका हुन् ।

    उनले सर्वोच्च नेताको निर्देशनअनुसार इरानी नौसेनाले शत्रुपक्षको कुनै पनि धम्की वा आक्रमणको प्रभावकारी रूपमा प्रतिकार गर्ने बताए । अब्दोल्लाहीले खाडी क्षेत्र र होर्मुज जलडमरू विश्वव्यापी प्रभुत्ववादी शक्ति र आफूले ‘अपराधी जायोनिस्ट’ भनेको पक्षसँगको रणनीतिक टकरावको केन्द्र बनेको पनि उल्लेख गरे ।

    उनले इरानी सशस्त्र बलको नौसेना र इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्स (आईआरजीसी)को नौसेनाबीचको सहकार्यले इरानको राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images