images
images
  • संघीय मन्त्रालयको संख्या १७ कायम गर्ने सरकारको प्रस्ताव

    काठमाडौं– सरकारले संघीय मन्त्रालयको संख्या १७ कायम गर्ने प्रस्ताव अघि सारेको छ ।

    ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदामा ६ वटा राष्ट्रिय दलका घोषणापत्रका आधारमा मन्त्रालय घटाएर १७ बनाइने उल्लेख छ ।

    मस्यौदाअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अन्तरमन्त्रालय समन्वय, जलवायु परिवर्तन र ठूला आयोजना अनुगमन गर्ने नतिजामूलक निकाय बनाइनेछ ।

    राष्ट्रिय योजना आयोगलाई तथ्यांक र अनुगमन केन्द्रित थिंक ट्यांकका रूपमा रूपान्तरण गरिने र नीति अनुसन्धान प्रतिष्ठान पुनर्संरचना गरिने उल्लेख छ ।

    त्यस्तै, संघ–प्रदेश–स्थानीय तहबीच समन्वय सुधार, दोहोरोपन हटाउने र प्रतिस्पर्धात्मक सार्वजनिक प्रशासन विकास गर्न उच्चस्तरीय प्रशासन पुनरावलोकन आयोग गठन गरिनेछ ।

    साथै, आगामी पाँच वर्षभित्र सरकारी सेवामा २५ प्रतिशत नयाँ दक्ष जनशक्ति भित्र्याउने योजना पनि समावेश गरिएको छ ।

    मस्यौदामाथि राजनीतिक दलबाट वैशाख १० गतेभित्र सुझाव माग गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images