images
images
  • स्वकीय सचिव ब्युँताउँदै रास्वपा सरकार, एसईई फेलले पाउनेछन् लाखौँ तलव–भत्ता

    काठमाडौं– संघीय संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले सांसदको स्वकीय सचिवको सुविधा पुनः व्यवस्था (ब्युँताउने) गर्ने प्रक्रिया अघि बढाएको छ ।

    पूर्वसभामुखहरूको सुझाव, सांसदहरूको दबाब र कानुन मन्त्रालयको सिफारिसपछि समितिले आवश्यक कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

    सभामुख डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले सांसद तथा पदाधिकारीका लागि स्वकीय सचिवको योग्यता र व्यवस्थापन मापदण्ड तय गर्दै सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

    साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई आवश्यक कानुनी संशोधनका लागि लेखी पठाउने निर्णय पनि गरिएको छ ।

    यसअघि असोज ५ गते तत्कालीन सरकारले मितव्ययिताको कारण देखाउँदै सांसदहरूको स्वकीय सचिव सुविधा खारेज गरेको थियो ।

    संघीय संसद् ऐन, २०७३ अनुसार उपलब्ध हुँदै आएको उक्त सुविधा राजपत्रमार्फत संशोधन गरी हटाइएको थियो ।

    तर, पछिल्ला सांसदहरूको माग र पूर्वसभामुखहरूको सुझावपछि सुविधा पुनः लागू गर्ने तयारी भएको हो ।

    नयाँ व्यवस्थामा स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्थित रूपमा नियुक्त गर्ने र आफन्त राख्न नपाइने व्यवस्था रहने बताइएको छ ।

    यसैबीच, सांसदहरूको तलब तथा अन्य सुविधा भने यथावत् छन् ।

    मासिक तलब करिब ६३ हजार रुपैयाँ पुगेको छ भने आवास, भत्ता, बैठक भत्ता, सञ्चार, यात्रा र अन्य सुविधा समेत उपलब्ध छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images