images
images
  • ट्रकको ठक्करबाट इन्स्पेक्टरको निधन

    काठमाडौं– ट्रकको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी निरीक्षक अभय लामाको उपचारका क्रममा निधन भएको छ ।

    आइतबार राति करिब सवा ११ बजे तारकेश्वर नगरपालिका–८ डाँडागाउँमा नेपालटारबाट फुटुङतर्फ जाँदै गरेका लामा सवार मोटरसाइकललाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो ।

    घाइते लामालाई सुरुमा त्रिवि शिक्षण अस्पताल र त्यसपछि बीएण्डबी अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

    रामेछाप घर भई हाल तारकेश्वर–७ फुटुङ बस्दै आएका लामा उपत्यका ट्राफिक प्रहरी कार्यालयको मानव स्रोत व्यवस्थापन शाखामा कार्यरत थिए । २०७२ सालमा प्रहरी सेवामा प्रवेश गरेका उनले खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षकसम्मको यात्रा तय गरेका थिए ।

    घटनामा संलग्न ट्रक चालक राम मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images