images
images
  • अफगानीस्तानमा भारी वर्षा र बाढी : २०० को मृत्यु, २५३ घाइते, ३०३ घरमा क्षति

    काठमाडौं– अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताएका छन् ।

    भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र २५३ जना घाइते भएको अफगानिस्तानका सञ्चर माध्यामहरुले प्रवक्ता हम्मादलाई उद्धृत गर्दै जनाएका छन् ।

    अधिकारीका अनुसार आँधीबेहरी र बाढीका कारण कुल अफगानीस्तानमा एक हजार ३०३ घरहरू पूर्ण क्षतिग्रस्त भएका छन् भने पाँच हजार ८०० भन्दा बढी घरहरू आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।

    अफगानिस्तानका विभिन्न भागहरूमा मार्च–२५ देखि भारी वर्षा, शक्तिशाली हावा र आकस्मिक बाढी आएको छ भने मौसम विभागले देशको १४ प्रान्तमा मङ्गलबार थप वर्षाको पूर्वानुमान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images