images
images
  • पूर्वप्रधानमन्त्री बाबुराम–पूर्वमन्त्री जनार्दन नेतृत्वको प्रलोपामा पहिरो, अध्यक्ष परिषद् नै रित्तो

    काठमाडौं– फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) आन्तरिक अलमल र निराशामा परेको छ ।

    भदौको जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा मंसिरको पहिलो हप्ता गठन भएको यो पार्टीमा निर्वाचनको कमजोर नतिजापछि नेतृत्व संकट देखिएको हो ।

    निर्वाचनमा अपेक्षाविपरीत पराजय भएपछि अध्यक्ष परिषद्की अध्यक्ष दुर्गा सोवले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिइन् ।

    त्यसपछि अध्यक्षद्वय सुदन किराती र ओजस्वी भट्टराईले पनि पद त्याग गरे ।

    ९० उम्मेदवार उठाएको प्रलोपाले २५ हजार मतसमेत कटाउन नसक्दा एक जना पनि विजयी हुन सकेनन् ।

    राजीनामापछि बाँकी अध्यक्ष सन्तोष परियारले चैत १९ मा बैठक बोलाउँदै चुनावी समीक्षा र आगामी रणनीतिबारे छलफल सुरु गरेका छन् ।

    वैशाखको तेस्रो साता केन्द्रीय समिति बैठक बोलाएर राजीनामाबारे निर्णय गर्ने तयारी छ ।

    तर, शीर्ष तहमा अपेक्षित समन्वय नदेखिएको भन्दै परियार असन्तुष्ट छन् ।

    यसबीच सुदन किराती श्रम संस्कृति पार्टीसँग संवादमा रहेको चर्चा छ भने दुर्गा सोवले पार्टीमै रहने तर नेतृत्व तहबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेकी छन् ।

    हाल अध्यक्ष परिषदमा परियार र अशोक जैसवाल मात्र सक्रिय छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images