images
images
  • ओलीले मार्ग प्रशस्त नगरे हटाउने रणनीतिमा संस्थापनकै नेता, भन्छन्‌– एमाले पुनर्गठनको विकल्प छैन

    काठमाडौं– केपी शर्मा ओली नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र विकल्प खोज्नुपर्ने आवाज बढ्दै गएको छ ।

    ११औँ महाधिवेशनबाट ओली पक्षकै नेताहरू विष्णु पौडेल र शंकर पोखरेल लगायतसमेत नेतृत्व परिवर्तनबारे सोच्न थालेका छन्, यद्यपि उनीहरू सार्वजनिक रूपमा खुल्न सकेका छैनन् ।

    पृथ्वीसुब्बा गुरुङ, हिक्मत कार्की र शेरधन राई जस्ता नेताहरूले पनि पार्टी पुनर्गठन आवश्यक रहेको संकेत गरेका छन् ।

    चुनावी समीक्षा नभएको, नेतृत्वबाट आत्मालोचना नआएको र परिणामको जिम्मेवारी नलिइएको भन्दै जिल्ला–प्रदेश तहसम्म असन्तुष्टि बढ्दो छ ।

    उता रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिलाई लिएर पार्टीभित्र विवाद चर्किएको छ, जसलाई धेरैले ओलीकै संकेतसँग जोडेर हेरेका छन् ।

    यता महासचिव पोखरेल नेतृत्व पुनर्गठनमा केही लचक देखिँदै अध्यक्ष ओलीलाई सहमतिमै पदत्याग गर्न सुझाव दिएको चर्चा छ ।

    साथै विशेष महाधिवेशनको माग पनि पार्टीभित्रै उठिरहेको छ ।

    जिल्ला तहका प्रतिवेदनहरूमा नेतृत्व परिवर्तन, उमेर हद र कार्यकाल सीमाजस्ता सुधारका प्रस्तावसहित पार्टी रिफर्मको आवश्यकता औंल्याइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images