images
images
  • हर्मुज मार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई छैन : आइएमओ प्रमुख

    काठमाडौं– अमेरिका–इरान युद्धका कारण अवरुद्ध भएको स्ट्रेट अफ हर्मुजमा पानीजहाज रोक्ने कानुनी अधिकार कुनै पनि देशलाई नभएको संयुक्त राष्ट्रसङ्घको सामुद्रिक निकायका प्रमुखले बताएका छन्

    अन्तर्राष्ट्रिय समुद्री सङ्गठनका महासचिव आर्सेनियो डोमिन्गुएजले एक पत्रकारमा भने, “इरान विरुद्ध अमेरिका र इजरायलले आक्रमण गरेपछि युद्ध सुरु भएको छ हप्तापछि हर्मुजमा पहुँच अवरुद्ध गरिनु गलत हुनेछ।”

    संयुक्त राज्य अमेरिकाले सोमबारदेखि हर्मुज र वरपरका इरानी बन्दरगाहहरूमा नाकाबन्दी सुरु गर्ने चेतावनी दिएको थियो, यद्यपि, फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि यो क्षेत्रमा तेहरानको सेनाले नियन्त्रण जारी राखेको छ ।

    “अन्तर्राष्ट्रिय कानूनले कुनै पनि देशलाई अन्तर्राष्ट्रिय पारबहनका लागि प्रयोग हुने अन्तर्राष्ट्रिय जलमार्गको प्रयोगको स्वतन्त्रतालाई निषेध वा अवरूद्ध गर्ने अधिकार छैन,“ डोमिन्गुएजले भने ।

    इरानी अधिकारीहरूले परीक्षण गरी आफ्ना सहयोगी मुलुक सम्वद्ध जहाजहरूलाई उनीहरूको तटको नजिकको मार्गबाट जलमार्ग पार गर्न अनुमति दिइरहेका छन् र केही मुलुक सम्बद्ध जहाजहरूलाई प्रवेश गर्न पैसा तिर्नुपर्ने बताएका छन् ।

    “अन्तर्राष्ट्रिय जलमार्गका लागि अन्तर्राष्ट्रिय जलसन्धिमा निषेध गर्ने यो सिद्धान्त समुद्रको अन्तर्राष्ट्रिय परम्परागत कानूनको विरुद्ध छ,” उनले भने ।
    उहाँले थप्नुभयो, “यसले धेरै खतरनाक उदाहरण सिर्जना गर्नेछ ।”

    अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ, तर यो काम सहज नभएको उनले बताए ।

    “मध्यपूर्व र विशेष गरी हमुर्ज क्षेत्रमा देखिएको संकटलाई सम्बोधन गर्न र जहाजलाई सञ्चालन गर्न मद्दत गर्न हामीले सुरु गरिरहेका छौँ ।

    अमेरिकी नाकाबन्दीको अतिरिक्त प्रभाव जहाजमा नगण्य हुने उनले बताए ।

    उनले थपे, “केही ९निकै कम० मात्र जहाजहरू आवागमन गर्न सफल भएका छन्, एक अतिरिक्त नाकाबन्दीले स्थितिलाई त्यस स्तरमा बिगार्ने छैन भन्ने बुझ्न सकिन्छ ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images