images
images
  • मौसम पूर्वानुमान : कस्तो रहनेछ नयाँ वर्षको दिनको मौसम ?

    काठमाडौं- नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले मौसममा बदली देखिएको छ।

    जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रसहित देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ।

    अन्य पहाडी इलाकामा आंशिक बदली रहे पनि तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा रहेको देखिन्छ।

    मंगलबारको मौसममा पहाडी र हिमाली क्षेत्रमा केही फेरबदल आउने सम्भावना छ।

    कोशी प्रदेशका पहाडी भूभाग र देशका हिमाली भेगमा दिउँसोतिर बादल लाग्ने र केही स्थानमा मौसम बिग्रने सङ्केत देखिएको छ।

    अन्य पहाडी भूभागमा पनि आंशिक बादल लाग्ने भए पनि तराईमा भने घाम लाग्ने र मौसम खुला रहने अनुमान महाशाखाले गरेको छ।

    महाशाखाका अनुसार देशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    यसैगरी कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने देखिएको छ।

    पहाडी र हिमाली क्षेत्रमा हुने यो मौसमी फेरबदलले तापक्रम र जनजीवनमा सामान्य प्रभाव पार्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

    तराई क्षेत्रमा भने तत्काल वर्षाको सम्भावना नरहेकाले गर्मी बढ्न सक्ने देखिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images