images
images
  • वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० स्टलमा ताला

    काठमाडौं- समाज कल्याण परिषदले भृकुटीमण्डपका २० स्टलमा ताला लगाएको छ।

    वर्षौँदेखि भाडा नबुझाएपछि परिषदले सोमबार ती स्टलमा ताला लगाएको हो।

    भाडा नतिर्नेमा उपभोक्ता मंच, रिपोर्टर्स क्लब नेपाल, पत्रकार महासंघ, एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुसहित विभिन्न संघसंस्था तथा व्यक्तिहरु छन्।

    सबैभन्दा धेरै बक्यौता काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको छ।

    उक्त संस्थाले दुई करोड ९० लाख २३ हजार रुपैयाँ भाडा बुझाउन बाँकी रहेको परिषदले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images