images
images
  • आयल निगमलाई १५ दिनमा झण्डै ८ अर्ब घाटा

    काठमाडौं- नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पछिल्लो १५ दिनमा मात्रै करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा बेहोर्नु परेको छ ।

    साेमबार निगमले सार्वजनिक गरेको विवरणअनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको तर सोही अनुपातमा नेपालमा बिक्री मूल्य समायोजन नहुँदा नोक्सानी चुलिएको हो ।

    विशेषगरी डिजेलमा प्रतिलिटर ८७.९९ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१.२५ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ।

    त्यसैगरी पेट्रोलमा २.३२ रुपैयाँ, मट्टितेलमा ३६.७० रुपैयाँ घाटामा रहेको छ ।

    यस्तै आन्तरिक हवाई इन्धनमा ९२ पैसा प्रतिलिटर घाटा रहेको छ भने बाह्यतर्फको हवाई इन्धनमा भने प्रतिलिटर ६.५२ रुपैयाँ नाफा रहेको छ ।

    पछिल्लो समय सामाजिक सञ्जालमा इन्धनको मूल्यलाई लिएर फैलिएका नकारात्मक सूचनाहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निगमले हालको कठिन परिस्थितिमा पनि आपूर्ति व्यवस्थालाई सहज बनाइराख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्नासाथ नेपालमा पनि सोहीअनुसार मूल्य समायोजन गरिने जानकारी दिँदै निगमले उपभोक्ताहरूलाई यथार्थ परिस्थितिलाई बुझिदिन आग्रह गरेको छ।

    भारी नोक्सानीका बाबजुद पनि उपभोक्ताको हित र आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको भन्दै निगमले आम उपभोक्ताबाट प्राप्त सहयोगका लागि धन्यवाद समेत ज्ञापन गरेको छ।

    668604395 2088999411975067 4004983103576369216 n TQBbwi0rBV

    प्रतिक्रिया दिनुहोस्
    images
    images