images
images
  • इरान–अमेरिका युद्धविराम इजरायलद्वारा उल्लंघन

    तेल अभिभ– इरान युद्धविरामको अधिकांश इजरायलीले विरोध गरेका छन् । हिब्रु युनिभर्सिटी अफ यरुसेलमले गरेको एउटा नयाँ सर्वेक्षणले अधिकांश इजरायली नागरिकहरू इरानसँगको युद्धविरामको पक्षमा नरहेको देखाएको छ ।

    सर्वेक्षणअनुसार करिब दुई तिहाइ नागरिकहरूले युद्धविरामको विरोध गरेका छन् । यद्यपि, इजरायलले दुई साताको युद्धविराम पालना गर्ने कि इरानमाथि आक्रमण पुनः सुरु गर्ने भन्ने विषयमा जनमत विभाजित देखिएको छ ।

    इरानसम्बन्धी प्रश्नमा ३९ प्रतिशतले आक्रमण जारी राख्नुपर्ने बताएका छन् भने ४१ प्रतिशतले युद्धविरामलाई सम्मान गर्नुपर्ने धारणा राखेका छन् । लेबनानको सन्दर्भमा भने ६१ प्रतिशत इजरायलीहरूले हिजबुल्लाह विरुद्धको लडाइँमा युद्धविराम लागू गर्न नहुने बताएका छन्, जुन अमेरिका–इरान वार्तामा तेहरानले उठाएको प्रमुख माग हो ।

    यसैबिच सर्वेक्षणले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लोकप्रियता पनि घट्दै गएको देखाएको छ । युद्ध सुरु हुँदा ४० प्रतिशत समर्थन रहेकोमा अहिले ३४ प्रतिशत मात्रले उनलाई प्रधानमन्त्रीका रूपमा रोजेको सर्वेक्षणमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images