images
images
  • यस्तो छ पूर्वराजा ज्ञानेन्द्र शाहको सम्बोधन (भिडिओसहित)

    काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा दिएको सन्देशमा युवा पुस्ताको बढ्दो राजनीतिक संलग्नतालाई सकारात्मक रूपमा लिएका छन्।

    विगतमा दलहरूको कार्यशैलीप्रति आलोचनात्मक रहेका उनी यसपटक भने नयाँ पुस्ता र प्रधानमन्त्री बालेन जस्ता नेतृत्वप्रति आशावादी देखिएका हुन्।

    उनले शिक्षित, प्रविधिमैत्री र देशबारे जानकार युवाको आगमनले राष्ट्रलाई नयाँ दिशा दिने विश्वास व्यक्त गर्दै आर्थिक सुधार, सुदृढ कूटनीति र आन्तरिक सुरक्षामा ध्यान दिन सुझाव दिएका छन्।

    साथै, परनिर्भरता घटाउँदै आत्मनिर्भर बन्न र प्रतिशोधको राजनीति त्यागेर जनचाहनाअनुसार अघि बढ्न उनले आग्रह गरेका छन्।

    भिडिओ :

    प्रतिक्रिया दिनुहोस्
    images
    images