images
images
  • अमेरिकाले हर्मुज बन्द गरे खाडीका बन्दरगाह सुरक्षित रहँदैनन् : इरानी सेना

    काठमाडौं– इरान र अमेरिकाबीचको तनाव फेरि चुलिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले होर्मुज स्ट्रेट हुँदै हुने इरानी ढुवानी रोक्ने चेतावनी दिएपछि इरानले कडा प्रतिक्रिया जनाएको हो ।

    इरानले उक्त कदमलाई ‘गैरकानुनी’ र ‘समुद्री डकैती’सरहको व्यवहार भन्दै विरोध गरेको छ । साथै, आफ्ना बन्दरगाहमाथि कुनै आक्रमण वा नाकाबन्दी भए त्यसको असर समग्र खाडी क्षेत्रमा पर्ने चेतावनी दिएको छ ।

    इरानी सेनाले अमेरिकी कारबाही भए फारसको खाडी र ओमान सागरका बन्दरगाह सुरक्षित नरहने बताएको छ । उसले युद्धपछि पनि होर्मुज क्षेत्रमा आफ्नो नियन्त्रण कायम राख्ने र शत्रुसँग सम्बन्धित जहाजलाई समुद्री सीमा प्रयोग गर्न नदिने स्पष्ट पारेको छ ।

    यसले विश्वको प्रमुख तेल आपूर्ति मार्गमा सैन्य तनाव झन् बढाउने संकेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images